2026-09-14 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ को बजेट अधिवेशन शुरु

वैशाख ३१ रुपन्देही | प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ । 

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो । 

उहाँले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले समावेशीताको सिद्धान्तअनुसार बजेट निर्माण गर्ने जानकारी दिँदै २०७५ साउन १ देखि प्रदेश सरकारले राजश्व संकलन गर्ने गरी आधार तयार गर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सडक, पुल, नहर र खानेपानीमा जनताको पहुँच पुर्याउन नयाँ बजेटको प्राथमिकता निर्धारण हुनेछ ।” 

कृषि क्षेत्रको विकास समुचित उत्थान, पर्यटन र उद्योग क्षेत्रको विकास र पूर्वाधारका लगानी क्षेत्रमा सरकारले बजेटलाई केन्द्रित गर्ने जानकारी दिँदै उहाँले अव्यवस्थित बसोबासको समस्या निराकरण र वर्षामा हुने बाढी पहिरो नियन्त्रणका लागिसमेत सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले स्थानीय तहसँग सहकार्य गरेरै प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारको नयाँ बजेट चुहावट नियन्त्रणतर्फ केन्द्रित हुने र साना र मसिना आयोजनामा बजेट खर्च नगर्ने बताउनुभयो । 

त्यस्तै मुख्यमन्त्री पोखरेलले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदन पुनः विधायन समितिमै फिर्ता पठाउन राख्नुभएको प्रस्ताव सदनले अनुमोदन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले