2026-07-06 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीः बलान विहुलमा गर्जिए राजपा नेता गगन

राम नारायण पंडित | असार ३, सिरहा | मधेशका अधिकार, पहिचान र सम्मानका लागि संघर्षरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका युवानेता अमित कुमार गोईत (गगन) ले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । राजपा नेपालले सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्षमा गगनलाई चयन गरेपछि संचारकर्मीसंग प्रतिक्रिया दिंदै उनले संघिय सरकारले राजपाबाट सांसदमा बिजयी भएका रेशम चौधरीलाई सपथग्रहण नगराई मधेशप्रति फेरी बेईमानी गरेको आरोप लगाए ।   

उनले संबिधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भवना नरहेको बताए । संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुठमुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म पार्टी सरकारमा नजाने जिकिर गरे ।   

मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको खाँचो रहेको भन्दै उनले  त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । नयाँ संविधानमा मधेसी, थारु, आदिवासी जनजाति लगायतका जातजाति, वर्ग तथा क्षेत्रसँग विभेद भएको भन्दै उनले यसको समाधान आन्दोलनबाट मात्र सम्भव हुने बताए । 

राज्य सत्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताउँदै उनले जनताको हातमा राज्य सत्ता नआएकोले क्रान्तिको जरुरी रहेको दाबी गरे । नेता गगनले राष्ट्रको मुल प्रवाह बनेर समाजवाद स्थापना गर्नमा युवाहरुलाई अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । 

बर्तमान अबस्थामा मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान नसकिने उल्लेख गर्दै नेता गगनले जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । उनले सिंहदरबारको अधिकार गाउँमा आएको भनिएपनि केन्द्र सरकारको कारणले अझै जनताले संघियताको स्वाद लिन नसकेकाले राजपाले मधेशको अधिकार लिएरै छाड्ने विश्वास व्यक्त गरे ।

मधेश आन्दोलनमा अहम भुमिका खेलेका नेता गगनले सप्तरीको नगरपालिका र गाउँपालिकाहरुमा संगठन मजबुत बनाउनका लागि कमिटी गठन प्रक्रियामा लागेको बताए । लामो समयदेखि राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह (यादव) संग राजनितिमा सक्रिय रहेका नेता गगनलाई बलान बिहुल गाउँपालिकाको अध्यक्षमा चयन गरेपछि राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बधाई सहित संगठनलाई थप सुदृढ बनाउन निर्देशन दिए ।

बिकासको हिसाबले जिल्लामै पछाडी रहेका बलान बिहुल गाउँपालिकामा भईरहेको बिकास निर्माणका कामहरुमा राजपाले खबरदारी गर्ने समेत नेता गगनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा