2026-07-27 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ मा प्रतिपक्षीबिना नै प्रदेशसभा बैठकमा सञ्चालन गरेपछि…

असार १३, बुटवल | सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ । 

प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक बुधबार भने विपक्षीबिना नै बसेको हो । सत्तापक्षले सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि विपक्षीलाई बैठकमा उपस्थित हुन आग्रह गरे पनि आफ्ना माग सम्बोधन नगरेको भन्दै बैठकबाट बाहिरिएको हो । 

सभामुख पूर्णबहादुर घर्तीले आजको बैठक प्रतिपक्षबिना नै सभाको सञ्चालन गर्नुभएको थियो । विपक्षीको असन्तुष्टिका कारण आज १२ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला शुरु भएको थियो । 

प्रदेशसभा बैठक जारी रहेका बेला नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् । 

बैठकको शुरुमा बोल्दै नेकपाका प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको बताउनुभयो । प्रदेशसभाको आजको बैठकमा सत्तापक्षका १० जना प्रदेशसभा सदस्यहरुले धारणा राख्नुभएको थियो । 

प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद् बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाउनुभयो । 

पार्टी संसदीय दलको आयोजनामा प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रजातन्त्रको गहना भनेकै प्रतिपक्षी हो तर, सत्तापक्षले यसलाई अस्वीकार गर्नुभयो ।” 

उहाँले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समावेशी र समानुपातिक तरिकाले बजेट विनियोजनको माग राख्दा सरकारले बेवास्ता र उपेक्षा गरेको आरोप लगाउनुभयो । 

नेता पोखरेलले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा विरोध गर्ने बताउनुभयो । काँग्रेसले विनियोजन विधेयकमा पनि ठूलो ठूलो रकम ठाउँ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै विरोध गरेको छ । 

उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि छुट्याइएको बजेटको अपारदर्शी ढंगले ल्याइएको समेत आरोप लगाउनुभयो । 

विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले सरकारले पटकपटक आफूहरुलाई झुक्याउने काम गरेको गुनासो गर्नुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट कतै पोका बजेटका रुपमा आएको छ भने कतै साना साना आयोजनालाई खुद्रा बजेट छुट्याइएको छ भन्नुभयो । 

नेता हमालले सरकारले स्थायी राजधानी तोक्ने विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेकामा आपत्ति जनाउँदै भन्नुभयो, “कति समयसम्म सुकुम्बासीजस्तो भएर बस्ने ?” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट