2026-09-14 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको ५ नं प्रदेश बैठक सम्पन्न, माओवादी केन्द्रमै फर्कन आव्हान गरिने

साउन १३, काठमाडौँ | ने.क.पा (माओवादी केन्द्र) को ५ नं. प्रदेश पार्टी कमिटीको प्रथम वैठक रुपन्देहीको वुटवल स्थित अमरपथमा उपाध्यक्ष तथा प्रदेश नं. ५ का पार्टी इन्चार्ज भविसोर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ । 

पार्टी श्रद्धेय अध्यक्ष क. गोपाल किराती र पार्टी सचिव तथा क्रान्तिकारी टेड्र युनियन महासंघका केन्द्रीय अध्यक्ष राजन तिमिल्सीनाको विशेष उपस्थिती रहेको सो वैठकको संचालन पार्टी सचिवालय सदस्य, अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा प्रदेश संयोजक आलोक रायमाझीले गर्नु भएको थियो भने वैठकमा ५ नं. प्रदेश अन्तर्गतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकार र जिल्ला इन्चार्जहरुको उपस्थिती रहेको थियो । 

वैठकको आरम्भ प्रचण्ड लगायतको समुहले ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरेपछिको स्थितिमा माओवादी आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिने प्रतिवद्धता सहित सुरु भएको थियो । 

उक्त प्रदेश कमिटिको वैठकले प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा जवस, मोर्चा, र विभागहरु गठन गर्ने, पार्टीका तीन अभियानः भ्रष्टाचार र मंहगी विरुद्धको अभियान, विचारधारात्मक तथा संगठन सुदृढीकरण अभियान, राष्ट्रिय स्वाधिनता प्रतिरक्षा अभियानलाई निरन्तरता दिने, माओवादी मान्नेहरुको विचमा पार्टी एकताको लक्ष्य राखेर मोर्चा बनाउने पार्टीको निर्णय बमोजिम प्रदेश स्तरको मोर्चा बनाई सघर्षलाई तिव्र बनाउने, कथित एकताको राजनीतिक तथा वैचारिक रुपमा भण्डाफोर गर्ने, माओवादी केन्द्र छोडेर नजान प्रदेशहरुका सवै कमरेडहरुलाई अपिल गर्ने, छोडेर गएकाहरुलाई घर फर्कन आव्हान गर्ने र ५ नं. प्रदेश कार्यालय रुपन्देहीको बुटवलमा स्थापना गर्ने जस्ता माओवादी आन्दोलनलाई निरन्तरता दिने ऐतिहासिक निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । 

बैठकमा अध्यक्ष तथा प्रदेश नं. ५ का इन्चार्ज भविसोर पराजुलीले बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वय गर्न निर्देशन दिदै सौहार्दपूर्ण वातावरणमा बैठक समापन भएको घोषणा गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले