2026-09-14 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बुद्ध दर्शनको प्रचार गरौंः सभापति देउवा

प्रेम सुनार | भदौ २४, बुटवल | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पश्चिम क्षेत्रमा रहेका सञ्चार माध्यमहरुले बुद्ध दर्शन र बुद्ध शिक्षाको ब्यापक रुपमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका छन । शनिवार बुटवलमा रहेको  सामुदायिक बुद्ध टेलिभिजनको ११ औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै सभापति देउवाले यस्तो कुरामा जोड दिएका हुन । 

अहिलेको सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्न खोजेको भन्दै कांग्रेसले त्यस्तो हस्तक्षेप रोक्ने देउवाले चेतावानी समेत दिए ।   पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिंदै कांग्रेस संधै प्रेस स्वतन्त्रको पक्षमा उभिने  प्रतिबद्धता जनाए । मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक पर्ने उनले बताए ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीले समेत  कुनै दल (नेकपा)  को नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै देउवाले त्यसमा आपत्ति जनाए । ‘हामी त्यस्ता सिडिओलाई कारवाही गरेरै छाड्छौं’–देउवाले भने–‘यो कुरा म काठमाडौं गएर पनि उठाउंछु ।’

प्रदेश ५ को राजधानी कसैले सार्न सक्दैनः  खांण 

वार्षिकउत्सव कार्यक्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपाका नेता एवं संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी बुटवलबाट अन्तै सार्छौं भन्ने अभिव्यक्ति बेलबेलामा दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे ।भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थलको जिल्ला, प्रशस्त भौतिक पुर्वाधारका कारण प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको खांणले तर्क गरे ।

खांणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको बताउंदै सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वार्ता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएकोमा आपत्ति जनाए ।स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएकाले कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि काम र निर्णय हुन नदिने बताए ।

चर्को कर लगाउदा नागरिक मर्कामा

कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताए । कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान करबाट असुलिएको उनले बताए ।भारतमा भने करको योगदान १२ प्रतिशत मात्र रहेको शाहले बताए ।सो अवसरमा नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा धन्यवाद दिए ।

देउवा प्रधानमन्त्री रहेको यसअघिको सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेको थियो । उनले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै सशक्त आन्दोलन चर्किने चेतावनी दिंदै दिए । प्रदेश ५ को सिमांकनमा पहाडका जिल्लालाई नराखिएपछि बुटवलमा आन्दोलन चर्केको थियो ।कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले वर्तमान सत्ता बांदरमा हातमा पुगेको आरोप लगाए र उनले चुड्किला र उखानमा रमाएर विचार नपुर्याई भोट हाल्दा जनता अहिले करको मारमा परेको बताए ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले धारण राखेका थिए ।  टेलिभिजनले बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायिका मना छन्तेल , लन टेनिस प्रशिक्षक विकास खड्का,उत्कृष्ट सम्बाददाता भैरहवाका राधेश्याम  बिश्वकर्मा,टेलिभिजन कार्यक्रम प्रस्तोता सीता क्षेत्री लाई नगदसहित सम्मान गरेको छ ।टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ओम ज्ञवालीको स्वागत र कार्यक्रम प्रमुख खेमराज रेग्मीको संचालनमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले