2026-07-07 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कानून पढ्दै बाँकेका जनप्रतिनिधि

2018-10-14

नीरज गौतम | असोज २८, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना हुनुभएको छ । ‘‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नै पर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि भर्ना भएकी हुँ,’’ उहाँले भन्नुभयो । 

उपप्रमुख मगर मात्र होइन उक्त क्याम्पसमा एलएलबी अध्ययनका लागि अन्य जनप्रतिनिधि पनि भर्ना भएका छन् । कैलाली घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायत जनप्रतिनिधि अहिले उक्त क्याम्पसमा भर्ना भएका छन् । ‘‘नयाँ ऐन, कानून जान्नैपर्ने भएकाले कानूनको विषयमा पढन भर्ना हुन चाहेको हुँ’’, प्रवेश परीक्षा दिन आउनुभएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएम.को भनाइ छ । 

दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको सङ्ख्या अप्रत्यासित रुपमा बढेको छ । क्याम्पसमा करीब एक हजार ४०० भन्दा बढीले एलएलबी अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । ‘‘एलएलबी अध्ययनका लागि आवेदन दिनेमा अरु विषयमा स्नातक र स्नातकोत्तर गरिसकेकाकै सङ्ख्या बढी छ’’–निमित्त क्याम्पस प्रमुख निरञ्जन ज्ञवाली बताउनुहुन्छ । विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि थुप्रै कानून परिवर्तन भएका छन् । मुलकी ऐन (मुलकी सहिंता)समेत थुपै्र परिवर्तन गरिएको छ । 

मुलुकमा भएको कानूनी परिवर्तनसँगै कानून विषय पढनेको आकषर्ण पनि ह्वात्तै बढेको छ । ‘‘शिक्षण पेशामा पनि नयाँ कानून जान्नैपर्ने भएकाले कानून विषय पढ्न भर्ना हुन चाहेको हुँ’’—एमबीएस र बीएड गर्नु भएका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको कथन छ । उहाँसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै्र पेशाकर्मी एलएलबी पढन अग्रसर छन् । 

उक्त क्याम्पस पश्चिम क्षेत्र बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो । एलएलबी विषय बुटवलपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ । दुईवर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ विद्यार्थी मात्र एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए भने अहिले ७९८ विद्यार्थी अध्ययनरत छन् । 

यो वर्षमा एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करीब एक हजार ४०० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विशिष्ट ओहदामा बसेका व्यक्तिलाई काम गर्न कानूनको बारेमा ज्ञान हुनुैपर्ने र राज्यको पुनःसंरचनासँगै कानून विषय पढेकाले रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढदै गएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने