2026-07-07 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्म संस्कृतिको रक्षा गर्न पुर्व उप–प्रधानमन्त्रीको जोड

प्रेम सुनार | कात्तिक ६, बुटवल । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन । मंगलबार गृह जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशै मेलाको उद्घाटन गदै पुर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो कुरामा जोड दिएका हुन । 

धर्म सस्कृतीको रक्षा सगै पर्यटन विकास गर्न सकिने  उनको भनाई थियो  । उनले अर्घाखाची जिल्लाको विकासमा केन्द्र सरकारको बजेटले देशका अन्य जिल्लाहरु भन्दा बढी समेटेको बताए ।

अर्घाखाचीवाट प्रतिनिधी सभा सदस्य समेत रहेका रायमाझीले जिल्लाका अधिकाशं सडकहरु अव छिट्टै कालोपत्रे हुने  जानकारी दिए  ।  ‘केन्द्रिय सरकारवाट अर्घाखाचीका ७ वटा सडकमा प्रयाप्त वजेट परेको छ रायमाझीले भने‘– निमार्ण ब्यवसायीले समयमै काम गरेमा अबको एक बर्षमा यी सवै सडक कालोपत्रे हुन्छन ।’ 

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रभावशाली नेता टोपबहादुरले खानेपानी, बिद्युत,  सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलाई प्रभावकारी र दिगो रुपमा विकास अगाडि बढेको  उनको भनाई थियो । 

उनले मालारानी १ ले भण्डारथुम प्रथम महोत्सव तथा दशै मेलाको आयोजना गरेर यहाँ रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा ठुलो सहयोग पुग्ने बताए । अर्घाखाचीमा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन पुर्व उपप्रधानमन्त्री रायमाझीले भने‘ लुम्बिनीसगैं सुपादेउराली, अर्घा भगवती मन्दिर, मालारानी लगायत भण्डारथुमलाई पर्यटकीय क्षेत्र जोडनु पर्छ ।’ उनले अर्घाखाचीलाई नमुना जिल्ला बनाई छाड्ने दावी समेत गरे । 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र खड्का उज्वलले भण्डारथिुमलाई ज्ञानको भण्डारथुमको रुपमा विकास गर्न आवश्यक रहेको बताए । साथै उनले यस क्षेत्रमा  कृषि, पशुपालन र फलफुल उत्पादनको प्रचुर सम्भावना भएकाले यहाँका स्थानीयवासीहरुलाई उत्पादनसगँ जोडनु पर्ने बताए । 

उनले भण्डारथुम प्रथम महोत्सवले यस क्षेत्रको पर्यटन विकासलाई ठुलो टेवा पुग्ने बताए ।  प्रदेश नम्बर ५ का सांसद चेतनारायण आचार्यले यस क्षेत्रको विकासमा प्रदेशको तर्फवाट आफुले महत्वपूर्ण भुमिका खेलको बताए । उनले गुल्मीको रिडी हुदै सुर्खेत जाने सडक यही क्षेत्रवाट जाने भएकाले उक्त सडकले यहाँका जनताहरुको आर्थिक अवस्था उकास्न सहयोग हुने बताए । 


मैले प्रदेशवाट यहाँको खानेपानी, सडक, बिद्यृत, स्वास्थ्य लगायतका क्षेत्रमा वजेट ल्याउन पहल गरेको छु उनले भने‘ तपाईहरुको उन्नती प्रगति नै मेरो प्रगति हो यहाँको विकासमा सधै लाग्ने छु ।’ साथै उनले तपाईहरुले प्रदेशमा पठाएको जनप्रतिनिधी कुनै दिन पनि गलत वाटोमा लाग्यो भन्ने अवस्था आउन नदिने प्रतिवद्धता समेत ब्यक्त गरे । 

महोत्सवमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, मालारानी गाउँपालिका अध्यक्ष वालकृष्ण शर्मा आचार्य मरेङ्ग रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष झविन्द्र फुल्लेल  लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

अर्घाखाँचीका धार्मिक स्थलहरु मध्येको भण्डारथुम भगवती मन्दिरमा यस अघि सम्म एक दिने पुजा अर्चना र मेला लाग्दै आएकोमा यस  बर्षको दशैमा दुई दिने महोत्सव तथा दशै मेला भगवती मन्दिर ब्यवस्थापन समितीले आयोजना गरेको सचिव गिरीराज पोख्रेलले जानकारी दिए । प्रथम भण्डारथुम महोत्सवमा स्थानीय झाँकी, मालारानी १ रानीचौरको मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने