2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सरकारलाई कसैको रोकतोक छैन: नेता पौडेल

पुस १०, काभ्रेपलाञ्चोक | नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ । 

अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।” वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।” 

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गर्नुभयो । उहाँले “वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,” भन्नुभयो । नेता पौडेलले काङ्गे्रसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताउनुभयो । “तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ”, उहाँले भन्नुभयो । 

पूर्वराज्यमन्त्री लालध्वज तामाङले सत्यतथ्य समाचार जनताको बीचमा पु¥याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले तीनै तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गरी गाउँगाउँसम्म विकासका खबर पु¥याउनुपर्ने विचार राख्नुभयो । सो अवसरमा नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, पे्रस काउन्सिलका सदस्य ईश्वरी ओझा, काभ्रेपलाञ्चोक काङ्गे्रसका सभापति मधुप्रसाद आचार्य, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बेथानचोक गाउँपालिकाका अध्यक्ष गोपाल तिमल्सिनालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई