2026-07-07 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूनतम पारिश्रमिक लागू हुन्छ: संचारमन्त्री

2019-01-19

माघ ५, भक्तपुर | संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनु भएको छ । 

आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उहाँले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनु भएको हो । 

उहाँले भन्नुभयो–“न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ ।” 

पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पुरा गर भन्नु गैरजिम्मेवारी हो भन्दै उहाँले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो ? भन्नुभयो । सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उहाँले नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको बताउनुभयो । 

मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उहाँले सरकार विरुद्ध षडयन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गर्नुभयो । डा. गोविन्द केसीले आफ्नो माग बिरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उहाँले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेका छन् भन्नुभयो । 

केसीको माग पुरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउदै मन्त्री बाँस्कोटाले भन्नुभयो–“केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पुरा गर्न सक्नु हुन्थेन, उहाँ आफै प्रधानमन्त्री भएपनि सतप्रतिशत माग पुरा गराउन सक्नुहुन्न ।” 

महासंघले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पुरा नगर्ने अहिले माग पुरा गर्नुपर्छ भन्ने प्रबृत्ति गलत भएको बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधीसभा सांसद महेश बस्नेतले ठूला मिडिया सरकार बिरुद्ध अपवाह फैलाएर बदनाम गराउन खोजेको आरोप लगाउनुभयो । 

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना बिभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला जिल्लाबाट केन्द्रमा धाउँनु पर्ने अबस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिदै संघीय ढाचा अनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलीप थापामागर, नेकपामा भक्तपुर अध्यक्ष बचन देउजा, नेपाली काग्रेसका जिल्ला सभापति दूर्लभ थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संचार माध्यमले निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । 

साधारणसभामा पत्रकार महासंघ भक्तपुरको भवन निर्माण गर्ने, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, साना संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन दोब्बर गर्दै समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने लगायतका ८ बुँदे घोषणा पत्र जारी गरेको महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रममा सभापति पुष्करराज बुढाथोकीले बताउनुभयो । 

कार्यक्रममा नगद रु. दुई हजार पाँचसय रुपैयाको मैयादेवी स्मृति पत्रकारिता पुरस्कार नारायण किलम्बुलाई प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने