2026-07-07 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

आर्थिक क्षेत्र समृद्धिको इञ्जिन : मन्त्री बाँस्कोटा

2019-01-28

माघ १४, काभ्रेपलाञ्चोक | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताउनुभएको छ । 

पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा आज मन्त्री बाँस्कोटाले भन्नुभयो, “कृषि, पर्यटन, यायायात, सञ्चार, जलविद्युत्लगायत आठ क्षेत्रमा प्रगति गर्न नेपालको आर्थिक क्षेत्र समृद्धिको इञ्जिन हो, आर्थिक क्षेत्रलाई मुख्य इञ्जिनका रूपमा अघि सारेका छौँ ।” नेपालमा अर्थतन्त्र मजबुत नहुँदासम्म केही वैदेशिक ऋण लिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

मन्त्री बाँस्कोटाले अब राजनीतिक आन्दोलन सकिएकाले आर्थिक प्रगति, समृद्धि र क्रान्ति तथा पुनःनिर्माण र समाजका प्रत्येक क्षेत्रको समृद्धिमा नेपाल प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा सरकार मात्र सामेल भएर पुग्दैन, आर्थिक, शैक्षिक, सांस्कृतिक र सहकारीको क्षेत्रले हातेमालो गरेपछि मात्रै मुलुकले चाहेको प्रगति हासिल गर्नसक्छ ।” 

मन्त्री बाँस्कोटाले सरकार तीव्र आर्थिक वृद्धिदर कायम गर्ने अभियानमा रहेको उल्लेख गर्दै भन्नुभयो, “पछिल्लो प्रतिवेदनले करीब छ प्रतिशतले राष्ट्रिय वृद्धिदर कायम भएको देखाएको छ, बाहिर हल्ला भएझैँ भएको भए यो प्रगति कसरी सम्भव भयो ?” उहाँले सरकारले कुनै एक क्षेत्रको एउटा विकासको मात्रै कल्पना नगर्ने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले यसवर्ष पर्यटनको अपेक्षित लाभ हासिल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष १२ लाख बढी पर्यटक आइसकेको छन्, हामी सकारात्मक परिवर्तनको दिशातर्फ केन्द्रीकृत छौँ, आम नागरिकको साथ बिना सरकार सफल हुनसक्दैन ।” 

उहाँले केही मान्छे सरकारविरुद्ध केही पनि गरेन भन्दै कोलाहल गरिरहेकाले कुनै कुनै आँखाले विपी कोइरालाको ‘दोषी चस्मा’जस्तो नकारात्मक मात्रै देख्छ भन्नुभयो । 

मन्त्री बाँस्कोटाले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत राज्यको तर्फबाट राष्ट्रिय लगानी, जनताको पूँजी परिचालन गर्न सहकारी र निजी क्षेत्रलाई पनि सक्रिय आर्थिक उत्पादनको प्रक्रियामा सामेल गराइने बताउनुभयो । उहाँले सहकारीलाई ऋण लगानी र उठ्तीमा मात्र होइन निष्क्रिय पूँजीलाई सक्रिय बनाई उत्पादनमूलकतर्फ उन्मुख हुनआग्रह गर्नुभयो । 

मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्रधानमन्त्रीले हालैमात्र स्वीट्जरल्याण्डको डाभोसमा विश्वका ठूला कम्पनीको सभामा नेपालमा लगानीको वातावरण छ भनेर आमन्त्रण गरिसक्नुभएको छ, नेपालले पनि आउँदो चैतमा लगानी सम्मेलनको आयोजना गर्दैछ, सरकार खुद्रे राजनीतिक कुरामा अल्मलिँदैन, हामीलाई प्रगति चाहिएको छ, प्रगतिका निम्ति लगानी र त्यसका लागि सम्पूर्ण आर्थिक क्षेत्र परिचालन गर्नेछौँ ।” 

उहाँले आजै संस्थाले सहकारीका क्षेत्रमा जिल्लामा पहिलो पटक स्थापना गरेको एटिएम सेवाको उद्घाटन गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने