2026-09-13 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको लक्ष्य पुरा गर्न श्रममन्त्री विष्ट आँफै फिल्डमा, तालिम केन्द्रको लागि जग्गाको स्थलगत अवलोकन

फागुन ७, बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राष्ट्रिय स्तरको सीप विकास केन्द्रका लागि आवश्यक पर्ने जग्गाको अवलोकन गरेका छन् । मन्त्री विष्टले मंगलबार रुपन्देहीको सैनामैना ७ लम्टैयामा स्थापना हुन लागेको सीप विकास तालिम केन्द्रका लागि आवश्यक जग्गाको स्थलगत अवलोकन गरेका हुन् । प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भने यसअघि नै भइसकेको थियो । 

सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी गरेको हो ।सरकारले वुटवल, इटहरी र अर्को केन्द्र ललितपुरको भैसेपाटीमा ठाउँमा आवाशीय सुविधा सहितको सीप विकास तालिम केन्द्र बनाउने निर्णय यसअघी मन्त्रिपरिसद् बाट  पारित गरिसकेको छ। 

सोहि अनुरुप नारायणी पश्चिमका सबै क्षेत्रलाई समेट्ने गरि सैनामैनामा यो केन्द्र बन्न लागेको हो । केही समयमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु हुने बताइएको छ । डीपीआर लगत्तै भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडि बढाउने गरि तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ। तालिम केन्द्रका लागि इटहरी र भैसेपाटीमा जग्गाको खोजि भईरहेको श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले साझा सवाललाई जानकारी दिए । तालिम केन्द्र स्थापनाका लागि सैनामैना नगरपालिकाले ३१ विगाहा जग्गा श्रम मन्त्रालय माताहत ल्याउन सहयोग गर्ने नगर प्रमुख चित्रबहादुर कार्कीले सझासबाललाई जानकारी दिए । हाल स्थानीय जनताको सम्रक्षणमा रहेको ३१ विगाहा जग्गाले नपुग भएमा थप जग्गा उपलब्ध गराउन पनि नगरपालिकाले सहयोग गर्ने उनले बताए।

दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने सरकारको लक्ष्य : मन्त्री विष्ट

जग्गाको अवलोकन गर्दै मन्त्री विष्टले दक्ष र सक्षम जनशक्ति उत्पादन गरेर यहीँ काममा जोड्ने लक्ष्यका साथ सरकारले दीर्घकालिन योजनाका काम गरिरहेको बताए । मन्त्री विष्टले जनशक्तिको विदेश पलायन रोक्ने र यहीँ उत्पादनमा जोड्ने लक्ष्यका साथ यस्तो केन्द्र बनाउने तयारी गरिएको बताए ।

‘स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी न्यूनिकरण गर्न सघाउने लक्ष्य रहेको छ’ मन्त्री विष्टले भने , ‘यसका लागि स्थानीय तहको सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रसंग सहकार्यसमेत गरिने छ ।’ केन्द्रबाट उत्पादित प्रशिक्षकहरुलाई सबै पालिकास्तरमा खटाउने गरि योजना बनाइएको उनको भनाइ छ । ‘सरकारको दीर्घकालिन योजना अनुसार समृद्धिको अभियानमा जोड्ने गरि काम सुरु भएको छ’ मन्त्री विष्टले भने, ‘राष्ट्रिय श्रम बजार धान्ने र अन्तर्राष्ट्रिय श्रम बजारसंग प्रतिस्पर्धा गर्न सक्ने गरि जनशक्ति उत्पादन गरिने छ ।’ 

यो संगै रोजगारीका अवसर तथा सम्भावनाहरुको समेत उजागर गर्दै निर्धारित क्षेत्रमा निश्चित अवधिभित्र सीपयुक्त श्रमशक्ति तयार गर्ने सरकारको लक्ष्य रहेको मन्त्री विष्टले बताए ।केन्द्रमार्फत सीप तथा व्यावसायिक तालीमका अवसरहरु वृद्धि गरी यस्ता तालीमहरु सेवाग्राहीको निकटमै सञ्चालन गर्ने र स्वरोजगारको अवसर सिर्जना गर्ने वातावरण तयार पारिने छ । नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्दै जानेगरि सीप विकास केन्द्रको अवधारणा बनाइएको मन्त्री विष्टले बताए।

जग्गा निरिक्षणका क्रममा मन्त्री विष्टसहित प्रदेश सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, सांसद कमला विश्वकर्मा, नेकपा रुपन्देहीका सचिव निर्मलकुमार जिसी, नेकपाका नेताहरु खुशीराम चौधरी, नारायण न्यौपाने, मिनप्रसाद पौडेल, कृष्ण घिमिरे, सैनामैना नगरका उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी तथा वडा अध्यक्षहरुलगायतको उपस्थिति थियो। मन्त्रीसहितको टोलीलाई सयौं स्थानीयहरुले स्वागत गरेका थिए । जग्गा अवलोकन पछि मन्त्री विष्टसंग सैनामैनाको सभाहलमा संक्षिप्त साक्षत्कारसमेत भएको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले