2026-07-07 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस्ः राष्ट्रपति भण्डारी

2019-04-18

बैशाख ५, राँझा । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिएकी छन् ।  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गरेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए । 

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गरेकी थिइन् । ‘नयाँ अनुभव भएकाले काम गर्नमा केही अलमल हुन सक्छ तर जनतालाई सहजरुपमा सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुहोस्’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भने । 

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं ५ का  सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख– उपप्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । 

आज अपराह्न् २ बजे नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै छिन् ।  प्रतियोगिताको उद्घाटनपछि राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै रहने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली