Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छ : प्रधानमन्त्री ओली

२०७६, ११ बैशाख बुधबार १५:५५

बैशाख ११, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् । 

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२  कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले  विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताए । 

प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भने, ‘खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौँ ।’

उनले भने, ‘शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय  उत्पादित हुन्छ, सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो आवश्यकता भइसक्यो ।’ 

प्रधानमन्त्री ओलीले निजी विद्यालयले गुणस्तरका नाममा चर्को शुल्क मात्रै लिएको बताए । ‘चर्को शुल्क भएपछि शिक्षा राम्रो भन्ने आम मान्यता गलत छ’, उनले भने, ‘अब सामुदायिक शिक्षामा परिवर्तन जरुरी छ, यसका लागि सङ्घीय सरकारले यथाशक्य छिटो ध्यान दिनेछ ।’

उनले प्रविधिको विकासँगै विकृत मानसिकतामा बदल्न सक्ने खतरा बढेकाले बालबालिकालाई मोबाइलबाट टाढा राख्न अभिभावकसँग अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम तीव्रतापूर्वक अघि बढेकाले आउँदो एक वर्षभित्र पुरातात्विक महत्वका संरचनाबाहेक लगभग पूरा हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘आज बिहानको भूकम्पले तिमीहरु भूकम्प जाने स्थानमा छौ, बलिया घर र संरचना बनाउनु भनेको छ, हामीले त्यस्तै बनाएका छौँ, बनाउँदैछौँ ।’

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई शैक्षिक विद्वान्हरुले सामुदायिक विद्यालयको शिक्षा अङ्गे्रजीकरण गर्न सुझाव दिइरहेकाले यसतर्फ सोचिएको बताए । उनले भने, ‘बलिया र राम्रा भवन बनायौँ, अव गुणस्तरका लागि नीतिगत सुधारको प्रक्रिया अघि बढ्छ ।’ 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सात हजार ९२३  विद्यालयमध्ये तीन हजार ५८३ वटाको पुनःनिर्माण सकिएको जानकारी दिँदै पुनःनिर्माण भएका राम्रा र बलिया विद्यालयमा बालबालिका खुशीसाथ अध्ययन गरेको पाइएकामा खुशी व्यक्त गरे ।  

एडिबीका देशीय निर्देशक मुख्तार खामुद खानोबले निर्धारित समयमै गुणस्तरीय विद्यालय भवन निर्माण भएकामा खुशी व्यक्त गरे । उनले भने, ‘नेपालको पुनःनिर्माणमा हाम्रो सहयोगको सदुपयोग राम्रो भएको पाएका छौँ, हामी निकै खुशी भएका छौँ ।’

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जूले सीमित सिटमा अध्ययनअध्यापन गराउनुपर्ने सञ्जीवनी माविको जस्तै शिक्षा प्रदान गर्न अन्य विद्यालयलाई आग्रह गरे । 

सोही अवसरमा सम्झौतानुसार निर्माण सम्पन्न एडिबीको ऋण तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको खोपासी–ढुङ्खर्क–च्याम्राङबेंसी–मिल्चे–बोराङ १५ दशमलव ५५ किमी सडक तथा तेलकोट–नगरकोट–भट्टेडाँडा सात दशमलव ७७ किमी सडकको प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना