2026-07-07 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली काङ्ग्रेसका नेताहरुद्वारा बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको माग

वैशाख २१, रुपन्देही (रासस) | जिल्लास्तरीय नेपाली काङ्ग्रेसका नेताहरुले बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन् । 

बुटवलमा आज आयोजित पत्रकार भेटघाटमा नेताहरुले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारवाही गर्न माग गरेका हुन् । बालुवाटार जग्गा काण्डमा आफ्नै पार्टी सभापतिको  नाम पनि मुछिएको प्रसङ्ग पत्रकारले उठाएपछि जवाफमा ती  नेताले जुनसुकै पार्टीको भए पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।उनीहरूले  जनतालाई ढाँट्ने छल्ने कुनै पनि पार्टीका नेतालाई छोड्न नहुने र हाम्रै पार्टीका नेता तथा कार्यकर्ता परे पनि कारवाही गर्नुपर्नेमा जोड दिए  ।

काङ्ग्रेस नेता युवराज गिरीले संविधान र नेपालको प्रचलित कानूनबमोजिम सत्यतथ्य जनतासामु ल्याएर दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो । मुलुकमा भ्रष्टाचार र बेथिति बढेको टिप्प्णी गर्दै उहाँले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका  गिरीसहित  प्रदेशसभाका उम्मेदवार महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकाको  प्र्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, सैनामैना नगरपालिकाका प्रमुखका उम्मेदवार फणिन्द्र शर्मा  र तिलोत्तमा नगरपालिकाको प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले देश र जनताप्रति जवाफदेही हुन सबैलाइ अनुरोध गर्नुभयो ।

कराँते खेलाडीका लागि कार्यशाला 

कराँते खेलाडीको क्षमता बढाउने उद्देश्यले जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका प्रमुख प्रशिक्षक केबी रानाको नेतृत्वमा गएको एक टोली भारतको बैङ्गलोरमा आयोजित कार्यशाला गोठीमा सहभागी भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ बैङ्गलोरको आयोजनामा आजदेखि शुरु भएको सो कार्यशाला तथा ‘बेल्ट’ परीक्षणमा कर्नाटक राज्यको २० जिल्लाका  १५० खेलाडी सहभागी छन् ।

छ दिन सम्म चल्ने प्रशिक्षणमा नेपाली टोलीका प्रमुख प्रशिक्षक रानाले कराँते बिधाअन्तर्गत आत्मरक्षा कला, सन्तुलित भोजनलगायत  विषयमा प्रशिक्षण दिनुहुने छ । बैंगलोरको विजयनगरमा आयोजित प्रशिक्षणमा ७ देखी ३४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको कार्यशालाका स्थानीय संयोजक कार्थे राजाले जानकारी दिनुभयो । एघार दिन अघि मात्रै भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा प्रशिक्षक रानाको नेतृत्वमा गएको उक्त टोलीले २० वटा स्वर्ण पदक जितेर समूह विजेता बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली