2026-07-07 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ का मुख्यमन्त्री र चीनको कान्सु प्रदेशका गर्भनरबीच भेटवार्ता

जेठ १, रुपन्देही | प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउँदै सङ्घीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानून निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थल रहेको र ती क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी लाभ लिनेगरी योजनाअघि सारिएको बताउनुभएको उहाँका प्रेस सल्लाकार शेरबहादुर केसीले बताउनुभयो ।

भेटमा द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । मुख्यमन्त्री पोखरेल र गर्भनर रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्सु  प्रदेशका सांस्कृतिक तथा पर्यटन  निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गर्नुभयो ।

त्यस अवसरमा चीनका कान्सु प्रदेशका गर्भनर रनच्यानले प्रदेश नं– ५ र बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताउनुभयो । 

उहाँले कान्सु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गरी राम्रो लाभ लिएको जानकारी दिँदै नेपाल आउने स्याउमध्ये आधा भन्दा धेरै कान्सुबाट आउने बताउनुभयो ।

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले हाम्रो हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली