2026-07-09 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो

कात्तिक ९, बैतडी | यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ । 

सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिनुभयो । 

नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमितिको बैठकले दुबै उम्मेदवारको नाम स्वीकृत गरेको हो  । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ ।

नेकपाले दुई वटा वडामा उम्मेदवारको टुङ्गो लगाए पनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेदवारी टुङ्ग्याउन सकेका छैनन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल पनि बढ्दै गएको छ । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो