पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका नि"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका नि"/>
२०८३, १९ जेष्ठ मंगलवार
ओखलढुङ्गा - OKL

सरकारी ढिलासुस्तीका कारण विकासले गती लिन सकेनः केसी

२०७३, १ श्रावण शनिबार १३:३३

पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका निवर्तमान अध्यक्ष विनोद केसीले बताउनु भएको छ । 

आफ्नो दुईवर्षे कालकालको अन्तमा आयोजीत एक कार्यक्रमका बिच केसीले यस्तो बताउनु भएको हो । ‘ हामि आजै,अहिल्यै काम गरौँ भन्छौँ,तर सरकारी कर्मचारी आज नभए भोली,भोली नभए पर्सि भन्छन्,त्यसैले अपेक्षीत काम हुँदैन’केसीले भन्नुभयो‘दलदल बिचको र दलहरु भित्रको विवादले पनि विकास अघि बढ्न दिईरहेको छैन’ यस्तै समस्याका कारण आफ्नो दुई वर्षे कार्यकालमा पनि चाहाना हुँदाहुँदै अपेक्षीत काम गर्न नसकेको उहाँको भनाई छ ।

ओखलढुंगा नगर विकास समितिका निवर्तमान अध्यक्ष केसीले दुई वटा महत्वपूर्णकाम आफ्नो कार्यकालमा भएको दावी गर्नुभयो‘सदरमुकाम स्थित बसपार्क निर्माण र ओखलढुंगा नगरपार्क निर्माणका दुईवटा काम मेरो नेतृत्वको समितिले अघि बढाएको हो’ साझासवालसँग कुरा गर्दै केसीले भन्नुभयो‘नगर विकासको खाका बनाउने लगाएतका कामहरु विविध कारण गर्न सकिएन तर त्यो काम गर्न आवश्यक देखेको छु’ एक नगरपालीका एक नगर विकास समिति मात्रै आवश्यक रहेको उहाँको भनाई छ ।

दुई वर्षअघि ओखलढुंगा नगर विकास समितिको अध्यक्षमा नियुक्त केसिको कार्यकाल सकिएको छ । आफ्नो कार्यकालमा सहयोग गर्ने सबै साझेदार निकायलाई आज समितिका तर्फबाट केसिले प्रशंसा पत्र प्रदान गर्नुभएको छ । पदिय जिम्मेवारीको समय सकिए पनि विकासका लागि निरञ्तर लागि रहने केसीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै