पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका नि"/>
2026-11-01 11:13 PM
ओखलढुङ्गा - OKL

सरकारी ढिलासुस्तीका कारण विकासले गती लिन सकेनः केसी

पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका निवर्तमान अध्यक्ष विनोद केसीले बताउनु भएको छ । 

आफ्नो दुईवर्षे कालकालको अन्तमा आयोजीत एक कार्यक्रमका बिच केसीले यस्तो बताउनु भएको हो । ‘ हामि आजै,अहिल्यै काम गरौँ भन्छौँ,तर सरकारी कर्मचारी आज नभए भोली,भोली नभए पर्सि भन्छन्,त्यसैले अपेक्षीत काम हुँदैन’केसीले भन्नुभयो‘दलदल बिचको र दलहरु भित्रको विवादले पनि विकास अघि बढ्न दिईरहेको छैन’ यस्तै समस्याका कारण आफ्नो दुई वर्षे कार्यकालमा पनि चाहाना हुँदाहुँदै अपेक्षीत काम गर्न नसकेको उहाँको भनाई छ ।

ओखलढुंगा नगर विकास समितिका निवर्तमान अध्यक्ष केसीले दुई वटा महत्वपूर्णकाम आफ्नो कार्यकालमा भएको दावी गर्नुभयो‘सदरमुकाम स्थित बसपार्क निर्माण र ओखलढुंगा नगरपार्क निर्माणका दुईवटा काम मेरो नेतृत्वको समितिले अघि बढाएको हो’ साझासवालसँग कुरा गर्दै केसीले भन्नुभयो‘नगर विकासको खाका बनाउने लगाएतका कामहरु विविध कारण गर्न सकिएन तर त्यो काम गर्न आवश्यक देखेको छु’ एक नगरपालीका एक नगर विकास समिति मात्रै आवश्यक रहेको उहाँको भनाई छ ।

दुई वर्षअघि ओखलढुंगा नगर विकास समितिको अध्यक्षमा नियुक्त केसिको कार्यकाल सकिएको छ । आफ्नो कार्यकालमा सहयोग गर्ने सबै साझेदार निकायलाई आज समितिका तर्फबाट केसिले प्रशंसा पत्र प्रदान गर्नुभएको छ । पदिय जिम्मेवारीको समय सकिए पनि विकासका लागि निरञ्तर लागि रहने केसीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द