2026-09-12 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा नेकपाको तीनमहिने सुदृढीकरण अभियान

चैत २, प्युठान | नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी प्युठानले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको छ । गत फागुन २८ गतेदेखि ‘समृद्ध नेपाल सुखी नेपालीको आधार, सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार’ भन्ने नारा लिई अभियान सञ्चालन गरिएको हो । 

अभियानका क्रममा जनभेला, प्रशिक्षण, स्कुलिङलगायतका कार्यक्रम जनतासम्म पुर्याइने जिल्ला पार्टी सङ्गठन कमिटी सचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो । पार्टी सङ्गठन कमिटीले पहिलो चरणमा प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, मल्लरानी, झिमरुक, गौमुखी, नौबहिनी, माण्डवी र ऐरावतीमा स्थानीय तहस्तरीय पूर्ण बैठक सम्पन्न गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरुमारानी गाउँपालिकामा केही दिनमा बैठक हुनेछ । 

बैठकमार्फत वडा कमिटीको बैठकको मिति छनोट, कार्यक्षेत्र विभाजन, सङ्गठनलाई बलियो, सुदृढ र बलियो बनाउन कार्ययोजना निर्माण र स्थानीय तह सङ्गठन कमिटीले गरेका कामका बारेमा प्रचारप्रसार गर्न सूचना डेक्ससमेत तय गरिएको सचिव अधिकारीले बताउनुभयो । जिल्ला कमिटीले यही चैत १० गतेसम्म युवा, जनवर्गीय सङ्गठनको एकीकरण प्रक्रिया टुङ्ग्याने, चैत १७ गतेसम्म ६४ वटै वडा कमिटीको बैठक सम्पन्न गर्ने र चैत २० गतेसम्म पार्टी सदस्यता नवीकरणको काम सकाउने योजनाका साथ अगाडि बढेको उहाँले बताउनुभयो । 

त्यस्तै अभियानका क्रममा नेता कार्यकर्ता जनताको सम्बन्ध सुदृढ गर्न, सरकारले गरेका कामहरु जनतासम्म पुर्याउने, पार्टी एकताको महत्व र आवश्यकताबारे कार्यकर्तालाई स्पष्ट पार्ने, शहीद, बेपत्ता, घाइते, अपाङ्ग परिवारसँग अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । यसै अवधिमा जनवर्गीय मोर्चाहरुको सदस्यता वितरण, कमिटी गठन, पार्टी प्रवेश, स्थानीय तहस्तरीय कार्यदल गठनलगायतका काम हुनेसमेत उहाँले जानकारी दिनुभयो । साथै जेठ महिनासम्म नौवटै स्थानीय तहमा सभाको आयोजना गर्ने र असारमा जिल्लास्तरीय भेलासमेत गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन