२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

२०७७, १७ जेष्ठ शनिबार ०९:३१

जेठ १७, कास्की | गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको आज स्वास्थ्य परीक्षणसहित स्वाब लिइएको छ । प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उहाँसहित सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर विधिबाट परीक्षण गरिएको हो । 

प्रदेश प्रमुख शेरचन, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलासहित स्वकीय सचिवालयमा कार्यरत कर्मचारी एवं सुरक्षाकर्मी गरी ४० जनाको स्वाब लिइएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान), गण्डकी प्रदेशका अध्यक्ष सूर्य पोखरेल, ल्याब प्राविधिकद्वय राजेन्द्र पौडेल र सुशीला कार्कीलगायतको टोलीले परीक्षण गरेको हो । 

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत मन्त्री र सम्पूर्ण प्रदेशसभा सदस्य, प्रदेशसभाका कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा