2026-07-10 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली काँग्रेसद्वारा दाङको विपक्षमा मतदान गर्न ह्विप जारी

असोज २०, बुटवल | नेपाली काँग्रेसले प्रदेश नम्वर ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । आज प्रदेश ५ को प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप जारी गरेको हो । 

सरकारले यस अघि दाङ राजधानीको लागि प्रस्ताव गरेको थियो । तर सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । राजधानीको नामको विषयमा भने कांग्रेसको सहमति रहेको छ । प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।

प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद छन् । जसमध्ये नेपाली काँग्रेसबाट १९ जना सांसदहरु रहेका छन् । तर कांग्रेसको व्हिप बिपरित केहि सांसदले दाङमै राजधानी राख्न मतदान गर्न सक्ने सम्भावना छ । त्यसो भएमा नेकपाका केहि सांसदले विपक्षमा मतदान गरे भने दुईतिहाई पुग्नेछ र दाङलाई राजधानी तोकिने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो