2026-09-13 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा क्षेत्रीय विमानस्थल निर्माण समयमै सकिन्छ: मुख्यमन्त्री गुरुङ

असोज २४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद पनि विमानस्थलका निर्माण कार्यले निरन्तरता पाएको बताउनुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माणाधिन विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालनसँगै समृद्धिको आधार बन्ने बताउँदै मुख्यमन्त्री गुरुङले महामारीका रुपमा पैmलिएको कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति उपलब्ध गराउन असहज भएपनि सङ्घीय सरकार र स्थानीय तहसँग आवश्यक सहजिकरण गरेर समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विमानस्थल निर्माणका गठित कार्यदलमा प्रदेश सरकारको उपस्थिति हुनु पर्ने बताउँदै देखिएका समस्या पहिचान गरी निराकरण गरिनु पर्नेमा जोड दिनुभयो । विमानस्थल निर्माणका लागि थपिएका नयाँ चुनौतीको सामना गर्दै त्यससम्बन्धि तयार पारिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भएको उल्लेख गर्दै उहाँले उपकरण जडानलगायत काम बाँकी रहेको बताउनुभयो । विमानस्थलभित्र टर्मिनल भवन, ह्याङ्गर, धावनमार्ग, पार्किङ, पहुँचमार्गसहित १४ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

भिसाको समस्या र कोरोना सङ्क्रमणको कारण विमानस्थलको निर्माणका लागि आवश्यक जनशक्ति समयमै नआउँदा उपकरण जडानमा भने ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । कूल रु २२ अर्वको लागतमा निर्माण भई रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले