२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

२०७८, २२ भाद्र मंगलवार ०५:१७

भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गर्नुभयो । विश्व बैंकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासमा पनि योगदान दिएको प्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उहाँले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा आठ प्रतिशत योगदान गर्ने जानकारी दिनुभयो । राजश्व परिचालन रु दुईदेखि तीन अर्बको बीचमा रहेको र प्रदेशमा आर्थिक क्रियाकलाप कम भएकाले स्रोत परिचालन न्यून रहेको उहाँको भनाइ छ । 

सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकता निर्धारण गरी अगाडि बढेको अवस्थामा कोभिड महामारीले आर्थिक, सामाजिक अवस्थालाई असर पारेको उहाँले बताउनुभयो । सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्गप्रशस्त गर्ने भन्दै उहाँले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । हिमाली जिल्लामा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न नसकिएको उल्लेख गर्दै उहाँले प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङको कोरलानाकाबाट पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा दुई लेनको डेडिकेटेड सडकका रूपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरूप नै फेरिने र यो मार्ग गण्डकी प्रदेशको समृद्धि मार्गका रूपमा रहने उहाँले बताउनुभयो ।

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताउनुभयो । कनेक्टिभिटीलाई आफूहरूले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उहाँले मुस्ताङलगायत जिल्लामा उत्पादित अग्र्यानिक सामग्रीको ब्राण्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताउनुभयो । भेटवार्तामा विश्व बैंक र एशियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ