2026-07-11 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा

न्युज कारखाना | असोज २, पोखरा | माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए ।

‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा मिचेको छ, उसलाई सडकमा निकाल्छौं,’ उनले भने, ‘ताल मिचेर खानेहरूले चैनको निद्रा सुत्न पाउँदैनन् । वाईसिएलले उनीहरूलाई सुत्न दिँदैन ।’

पोखरामा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारी सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थमा चलाउनेलाई नांगेझार पार्ने चेतावनी दिए । उनले सबै वडामा संगठन विस्तार गर्ने र पालिकाका सबै भ्रष्टाचार पर्दाफास पार्ने दाबी गरे । ‘पालिकामा भ्रष्टाचार धेरै भएका छन् । हाम्रो मुख्य एजेन्डा भ्रष्टाचार विरोधी काम हो,’ देवकोटाले भने, ‘कसले कति खायो, विकासको अवस्था कस्तो छ ? हामी खोज्छौं र निकाल्छौं ।’

उनले एमसीसी देशको स्वाधीनता र सार्वभौमविरुद्ध भएको तर्क गरे । ‘संविधान बन्धकी राखेर कुनै पनि देशको अनुदान नेपाललाई स्वीकार्य छैन । माओवादीले त्यो स्पष्टसँग भनिसकेको छ,’ उनले थपे, ‘वाईसिएल पनि एमसीसी यही हालतमा स्वीकार्न सक्दैन ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट