२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कांग्रेस कास्कीमा सकियो प्रदेश अधिवेशन, काे-काे निर्वाचित भए ?

२०७८, ४ मंसिर शनिबार ०३:४३

मङ्सिर ४, पोखरा | नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परीणाम सार्वजनिक भएको छ । मत परीणाम अनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी कोइरालालाई १७ मतले पराजित गरेका हुन् । सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए । उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् ।

१ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।

उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ । अबेर राति सकिएको मतगणना अनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए ।

२ (क) मा दिनेश आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन् । आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मत मात्रै पाए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।

क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।

३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन् । उनले निकटतम प्रतिश्पर्धी दिपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन् । पौडेलको २२७ र कुँवरको १२४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति सहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए । विधान अनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १-१ जना निर्वाचित भएका छन् । अब ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ