2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देही ३ मा देउवा पक्षीय प्यानल विजयी, सभापतिका उम्मेदवारले चार भोट मात्र पाए

 मंसिर ९, भैरहवा | नेपाली कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ निर्वाचित भएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका गुरुङ ३ सय ७७ मत ल्याएर सभापति बनेका हुन् ।

उनका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मातृका यादवले २ सय ४२ मत मात्र पाए । सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत मात्र पाए । 

सभापतिमा गुरुङसँगै उनको प्यानल नै विजयी भएको छ ।

सचिवमा चार जनाको उम्मेदवारी थियो । जसमा गुरुङ प्यानलकै भवानीप्रसाद शर्मा ३ सय ६७ मत र लेखनाथ भट्टराई ३ सय ६२ मत ल्याएर विजयी भएका छन् । 

यादव प्यानलका शैलेसकुमार पन्तले २ सय १८ र टंक प्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेर पराजित भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

सहसचिवमा कुलप्रसाद न्यौपाने ३ सय ७२ र प्रेमसागर थारू ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । ‘क’ र ‘ख’ तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द