२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराका जगन्नाथ बास्तोलाद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२०७८, १० मंसिर शुक्रबार ०५:००

मंसिर १०,  चितवन। एमाले नेता जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा पोखराका बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। बास्तोलाले बिहीबार सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन्।

माछापुच्छ्रे गाउँपालिकाको निवर्तमान गाउँ कमिटी अध्यक्ष एवं नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहेका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आएका छन्। वि.स. २०२३ सालमा कास्कीको ल्वाङघलेल–१ मा जन्मिएका बास्तोलाले २०३७ सालदेखि स्कुले जीवन र कलेजको विद्यार्थीकालमा अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएका थिए।

बास्तोलाले विभिन्न निर्वाचनहरूमा नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण जिम्मेवारीमा रही काम समेत गरेका थिए। निर्वाचनका क्रममा माछापुच्छ्रे गाउँपालिकाको संयोजक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न भएको थियो। वि.सं. २०५४ सालमा तत्कालिन ल्वाङघलेल गाविसको पार्टी उपाध्यक्ष समेत रहेका बास्तोलाले २०४८ र २०५१ सालको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिएका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहरूसँगको झडपमा उनी घाइते समेत भएक थिए। देशमा राजाको कु पछि २०५८–५९ मा उनलाई नेपाली सेनाले पोखराको पृथ्वी चोकबाट पक्राउ गरी यातना समेत दिएको थियो। सख्त घाइते भएका बास्तोलाको तत्कालिन समयमा पोखराकै मेट्रोसिटी अस्पतालमा लामो समयको उपचारपछि घर फर्किएका थिए। विद्यार्थी जीवनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको बताउँदै बास्तोलाले आफूलाई गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा विजयी गराउन सबैसँग आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी