२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन : सञ्चारमन्त्री कार्की

२०७८, १२ माघ बुधबार १०:२४

माघ १२, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश  र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताउनुभएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।”

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उहाँले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिनुभयो । 

मन्त्री कार्कीले भन्नुभयो, “निर्वाचन, आवधिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरुपले जानकार छ । वर्तमान  सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ ।” 

सिंहदरबारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पुर्याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भन्नुभयो, “त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ ।”

उहाँले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।

संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताउनुभयो । उहाँले संविधान र कानुन बाझिएको हदसम्म संविधानले नै मान्यता प्राप्त गर्ने स्थापित मान्यता भएकाले ऐनलाई संविधानसम्मत मिलाएर जानुपर्छ भन्ने भएतापनि यस विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी