2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक’

माघ २३, बुटवल | नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताउनुभएको छ । 

रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।” 

उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छौँ ।” नेता ज्ञवालीले एमसिसि देशको दुई पक्षीय हितमा हुनुपर्नेमा जोड दिँदै त्यसलाई माओवादीले गिजोल्ने काम गरेको आरोप लगाउनुभयो ।  

एमाले गुल्मीका इञ्चार्ज दिनेश पन्थी र रुपन्देहीका इञ्चार्ज भूमिश्वर ढकाल लगायतले एमाले कम्युनिष्ट आन्दालेनको मूल प्रवाह भएको बताउनुभयो । विप्लव नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खिम खड्का, नारायण पौडेललगायत व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक