2026-11-02 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

माघ २३, गण्डकी | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गर्नुभयो ।

दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिँदै नेता पौडेलले चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भएकाले पार्टी सङ्गठनको विद्यमान अवस्थासमेतलाई दृष्टिगत गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उहाँले यसको उपयोग गर्न नसकिएको बताउनुभयो । गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उहाँले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिनुभयो । एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उहाँको भनाइ छ । 

सङ्घीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सङ्गठन मजबुद बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचार मौलाउँदा त्यसले देश, लोकतन्त्र सबैलाई नकारात्मक असर पारिरहेको बताउनुभयो । भ्रष्टाचारमुक्त राष्ट्र बनाउनेतर्फ लाग्नु आवश्यक भएको उहाँले बताउनुभयो । संसद् र न्यायालय अनिर्णयको बन्दी बन्न नहुने उहाँको भनाइ छ । इतिहासले कांग्रेसलाई दिएको जिम्मेवारीलाई ठीक ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले वर्तमानमा आएको जिम्मेवारीलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो । 

यसअघि अधिवेशनमा भएका गुटउपगुट अब नरहेको उल्लेख गर्दै गुरुङले एकताबद्धरुपमा आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सबै मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले एमसिसी जस्ता विषयमा नेताको फरकफरक विचारभन्दा पनि संस्थागतरुपमा निर्णय गरी अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका सहमहामन्त्री जीवन परियारले पार्टीले आफ्नो विधानअनुसार सबै प्रदेशमा निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गरेको जनाउँदै कार्यालय सञ्चालन गरी संस्थागतरुपमा सङ्गठनका गतिविधि बढाउन खोजेकामा गण्डकी प्रदेश कार्यसमितिलाई धन्न्यवाद व्यक्त गर्नुभयो । 

आगामी दिनमा पार्टीले केन्द्रदेखि वडा तहसम्म नीति अनुसन्धान तथा प्रशिक्षणका कामलाई संस्थागतरुपमा अघि बढाउने उहाँले बताउनुभयो ।

पार्टीका प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्माले कार्यालय स्थापना गरी सङ्गठनका गतिविधिलाई संस्थागतरुपमा अघि बढाउन खोजिएको जनाउँदै सबैको साथ र सहयोगमा प्रदेशमा पार्टी सङ्गठनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 

उक्त अवसरमा रेवतीरमण सुवेदीले लेख्नुभएको ‘शहीद क्याप्टेन यज्ञबहादुर थापा’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेता अर्जुनप्रसाद जोशी, वाग्लुङ जिल्ला सभापति जीत शेरचन, प्रदेश कार्यसमितिका महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, उपसभापति कल्पना तिवारी, पुस्तकका लेखक रेवतीरमण सुवेदी, समीक्षक डा वासुदेव भण्डारीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द