Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुपन्देहीको सिद्धार्थनगरका १३ वटै वडामा सत्तारुढ गठबन्धनको तालमेल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत्र २२, भैरहवा | रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।

मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेरअघि बढ्ने निर्णय गरेको हो ।

सिद्धार्थ नगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने नेपाली कांग्रेस नगर सभापति कोसिस बहादुर खड्काले बताए । 'नगरपालिकाको १३ वटै वडामा चुनावी तालमेल हुन्छ,' उनले भने ।

सत्ता साझेदार दल नेकपा समाजवादी, एकीकृत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको नगर स्तरीय संयुक्त बैठकले चुनावी संयन्त्र निर्माण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको खडकाले बताए ।

बैठकपछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज फैज अहमद खाँन, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रामबहादुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन गर्ने जनाएका छन् ।

विज्ञप्तिमा गठबन्धनमा आबद्ध दलबीच गठबन्धनको मर्म र भावनाअनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै स्थानीय तहको निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने उल्लेख छ ।

बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ नगर नगरपालिकाका सबै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।