पढ्न करिब 1 मिनेट लाग्छ

चैत्र २३, पोखरा | गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

"मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु," मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, "मन्त्रालय गएपछि मात्रै थाहा होला ।"कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

"भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ," एक कर्मचारीले भने, "यसरी त काम गर्न गाह्रो हुन्छ ।"

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।