चैत २५, सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो ।

सत्ता गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय भएकाे जानकारी दिइएकाे छ ।

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ। चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशनसमेत दिएको छ ।

यस्तो छ संयूक्त अपिलः

Related News