2026-09-12 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा गठबन्धनले मिलाउन सकेन भागबन्डा, सिट बाँडफाँड पेचिलो बन्दै

चैत्र २७, धनगढी | वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कैलालीमा पाँच दलीय चुनावी तालमेल गर्न गरिएको छलफल निष्कर्ष विहीन बनेको छ ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीबीच तालमेलका विषयमा छलफल भएको थियो । 

छलफल टुंगोमा पुग्न नसकेपछि चैत ३० गते पुनः बैठक बस्ने गरी सहमति भएको छ । तालमेलका विषयमा तीन दलका आ–आफ्नै एजेण्डा रहेका छन् । १३ पालिका रहेको कैलालीमा कांग्रेसले ७ पालिका आफूले पाउनुपर्ने दाबी गरेको छ । 

यसैगरी नेकपा माओवादी केन्द्रले ६ पालिका माग गरेको छ भने समाजवादी पार्टीले ५ पालिका माग गरेपछि सहमति हुन नसकेको हो । कांग्रेसले धनगढी–उपमहानगरपालिका सहित अन्य ७ पालि आफूले पाउनुपर्ने धारणा राखेको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए ।

भागबन्डाभन्दा पनि अन्य पार्टीले आफ्नो संगठनको विवरण नै बुझाउन नसकेपछि छलफल अघि बढ्न नसकेको सभापति भट्ट बताउँछन् ।

“कैलालीमा १ सय २६ वडाकै संगठनको विवरण माग गर्दा साना पार्टीले कुनै विवरण बुझाउन सकिरहेका छैनन्, सभापति भट्टले भने, ‘संगठन नै नभई तालमेलमा कसरी जाने भन्ने समस्या भइरहेको छ, जसका कारण छलफल टुङ्गोमा पुग्न सकेको छैन ।” कैलालीका बहुमत पालिका कांग्रेस एक्लैले जित्न सक्ने अवस्था भए पनि केन्द्रीय गठबन्धनको मर्म अनुसार चुनावी तालमेलका लागि छलफल गरिएको बताउँदै सभापति भट्टले भने,

“कुनै–कुनै पार्टीले जिल्लामा एउटा वडा समेत जितेका थिएनन् । उनीहरूलाई पनि समेट्नुपर्ने अवस्था छ । एकीकृत समाजवादी पार्टीलाई संगठनको विवरण माग गरेका छौं, विवरण आएपछि त्यसका आधारमा थप छलफल हुने छ ।’ 

नेकपा माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि ज्ञवाली (अखण्ड)ले भने आइतबारको बैठक नेपाली कांग्रेसका कारण विना निष्कर्ष टुंगिएको बताए । “हाम्रो तयारी पुगेको छैन, आन्तरिक छलफलका लागि टाइम दिनुपर्‍यो भन्दै कांग्रेसले आग्रह गरेपछि आइतबारको बैठक विना निष्कर्ष टुंगिएको हो,” इन्चार्ज उत्सवले भने, “तर गठबन्धन गर्नु पर्छ भन्नेमा सबै एकमत छौं ।”

उनले पालिकाको भागबन्डाका विषयमा कुनै छलफलनै नभएको बताए । बैठकमा तालमेल गर्ने वा नगर्ने भन्ने विषमा मात्रै छलफल भएको बताउँदै उनले अन्य विषयमा भने चैत ३० गते देखि छलफल हुने बताए । ‘माओवादी केन्द्रले जितेका कैलारी गाउँपालिका र भजनी नगरपालिकामा भने कसैले आँखा लगाउन पाउँदैनौँ भनेर हामीले प्रस्ट भनेका छौं,’ इन्चार्ज अखण्डले भने, ‘अन्य स्थानका लागि पनि आम्रो आँखा प्रस्ट छ । त्यो छलफलमा भन्ने छौं ।’ 

केन्द्रीय गठबन्धनको मर्म अनुसार जिल्लामा तालमेलका लागि छलफल गरिएको बताउँदै उनले तालमेल नभए पनि जिल्लामा माओवादी केन्द्र एक्लै लड्न सक्षम रहेको बताए । एकीकृत समाजवादी पार्टी कैलालीका अध्यक्ष भैरव रावलले पनि आइतबारको बैठक नेपाली कांग्रेसका कारण स्थगित भएको बताए । 

बैठकको सुरुमै आम्रो आन्तरिक तयारी पुगेको छैन भन्दै कांग्रेसले अर्को दिन छलफल गरौं भन्ने प्रस्ताव राखेपछि अन्य विषयमा छलफल नै भएन,’ उनले भने, ‘गठबन्धन गर्ने भन्ने विषयमा भने सबै दलमा एकरूपता छ ।’ कैलालीका यस अघि एमालेले ७ वटा पालिका जितेको भन्दै उनले भने, ‘ती पालिका जिताउन योगदान दिने सबै कार्यकर्ता अहिले समाजवादीमा छन्, त्यसैले कम्तीमा पनि ५ पालिकामा आम्रो दाबी रहने छ ।’ 

गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले भने वडामा मात्रै आफ्ना दाबी गर्दै आएका छन् । एमालेले पनि तालमेलका लागि छलफल गर्दै स्थानीय निर्वाचनलाई लक्षित गर्नै नेकपा (एमाले) ले पनि कैलालीमा तालमेलका लागि नाना दलसँग छलफल अघि बढाएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायत ठुला दलहरू एक ठाउँमा हुने देखिएपछि एमालेले साना दललाईसँगै लैजाने गरी छलफल चलाएको हो । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाका अनुसार नेकपा विप्लव, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना दलसँग चुनावी तालमेलका विषयमा छलफल जारी रहेको छ । केही स्थानमा भने नेपाली कांग्रेससँग पनि तालमेलका विषयमा छलफल भइरहेको उनले बताए । 

‘केन्द्रबाटै तालमेल गर्नुपर्छ भन्ने एमालेमा कुनै नीति रहेको छैन,’ अध्यक्ष थापाले भने, ‘जिल्लामा आवश्यकता अनुसार तालमेल गर्न सकिने भन्ने छ, त्यस अनुसार कैलालीमा साना तथा ठुला दलसँग छलफल भइरहेको छ ।’ उनले आगामी वैशाख ५ गते भित्र सबै उम्मेदवारको टुङ्गो लगाइ सक्ने गरी एमालेले तयारी गरिरहेको बताए । २०७४ को स्थानीय निर्वाचनमा कैलालीका १३ मध्य एमालेले ७ स्थानमा जित हाँशील गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस