2026-09-12 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कांग्रेसबाट पोखराको मेयरमा १८ जना आकांक्षी, उपमेयरमा १० जना

 वैशाख ४, पोखरा | नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले नाम टिपाएका कांग्रेसले जनाएको छ ।

यसबाहेक बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपीला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका हुन् ।

उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ,  गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल