2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै

 वैशाख १०, सिन्धुपाल्चोक | नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलिय गठबन्धन अन्योलमा परेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस एमालेतर्फ मोडिदा गठबन्धननै कमजोर बन्न पुगेको हो । 

कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि गठबन्धन बैठक बस्न सकिरहेको छैन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र नेकपा एसलाई जिल्लाका १२ स्थानीय तहमध्ये चार मात्रैै दिन सकिने अडान राखेको छ । 

कांग्रेसले आठ सिट राखेर एमालेलाई चार सिट दिनेगरी योजना बनाइरहेको स्रोत दाबी छ । एमालेका नेताहरूले पनि चार सिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै असन्तुष्ट जनाएका छन् । 

सिन्धुपाल्चोकमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको उम्मेदवार सूची माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । तर, गठबन्धनको टुंगो नलाग्दा कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् ।

पटक पटकको वार्ता उपलब्धिविहीन हुनुको दोष कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर वस्नेत रहेको माओवादीका नेताहरूकोआरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई