2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझाबाट भरतपुरको मेयरमा युवा इन्जिनियर प्रविन

वैशाख ११, काठमाडौँ | विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।  २८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिँदै केहि वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्। उनले विगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिँदै केहि वर्षयता  चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनी ‘तातोभात अभियान’ का योजनाकार पनि हुन् जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरू तथा न्यून आयस्रोत भएका नागरिकलाई निःशुल्क खाना खुवाएको थियो।  सँगसँगै, चितवनका हरेक सामाजिक,राजनीतिक घटना तथा समस्याहरूप्रति चासो र चिन्ता राख्दै गम्भीरतापूर्वक समाधानमुखी राजनीति गर्ने सङ्कल्प बोकेका युवा राजनीतिज्ञ हुन्।

साथसाथै भेलाले महिला अधिकारकर्मी पुष्पा सापकोटालाई उपमेयरको रूपमा अगाडी सारेको छ।  ३८ वर्षीय पुष्पा महिला अधिकारका लागि सशक्तीकरण, शिक्षा र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। सापकोटा विवेकशील साझा पार्टीको स्थापनाकालदेखि जिल्लामा महिला अधिकारकर्मी तथा राजनीतिकर्मीको रूपमा परिचित छिन् ।  हाल उनी विवेकशील साझा  पार्टीको केन्द्रीय  सदस्य छिन्। साथसाथै भेलाले जिल्ला संयोजकका रूपमा जगदीश पन्तलाई अगाडी बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई