वैशाख १२, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादीको उम्मेदवारी दर्ताका क्रममा झडप भएको छ ।

टिकटको विषयको माओवादी पार्टी कार्यालयमा र मनोनयनका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा असन्तुष्ट माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्याँस प्रहार गरेको थियो । केही सेल अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आक्रोशित समूहले चौतारा सागाचोकगढी नगरपालिकाको कार्यालयका गेट, झ्याल, बार तथा कोठा तोडफोड गरेका छन् । सुरक्षा समितिको बैठक अहिले बसिरहेको र मनोनयन दर्ताका विषयमा थप निर्णय लिने प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताए ।

मनोनयन दर्ताकामा झडप क्रममा सिन्धुपाल्चोक हुँदा प्रहरीद्वारा अश्रुग्याँस प्रहार
Leave a Comment