2026-09-12 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट एक्लियो एकीकृत समाजवादी

वैशाख १४, बुटवल | रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ ।

बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । समाजवादीले १५ वटै  स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिनबहादुर गुरुङलाई  उम्मेदवार बनाएकाे छ ।

धेरैजसाे पालिकामा गठबन्धनसँग पद बाँडफाँटमा कुरा नमिल्दा एकल रुपमा उम्मेदवारी दिइएको एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए । समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको गुरुङले जानकारी दिए ।

तर, गठबन्धनमा आवद्ध अन्य दलले भने समाजवादीले हैसियत भन्दा बढी माग गरेकाले मिलेर जाने अवस्था नभएको बताएका छन् । समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा महिला उम्मेदवार उठाएको छ ।

नगरप्रमुखमा आशाकुमारी चौधरी र उपप्रमुखमा सन्जिव भण्डारीले उम्मेदवारी दिएका हुन् । देवदह नगरपालिका प्रमुखमा छवि भट्टराई, उपप्रमुखमा सरस्वती पोख्रेल, सिद्धार्थनगर नगरपालिका प्रमुखमा कुलेन्द्र पुन, सैनामैना नगरप्रमुखमा देवराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिकामा सफिउर रहमान अन्सारीले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।

समाजवादीले सम्मरीमाई गाउँपालिका अध्यक्षमा अशोक कमुार शुक्ला, उपाध्यक्षमा पवित्राकुमारी निषाद, शुद्धोधन गाउँपालिका अध्यक्षमा केशवकुमार खड्का, उपाध्यक्षमा रिना हरिजन, कञ्चन गाउँपालिका अध्यक्षमा रामबहादुर विक, उपाध्यक्षमा पार्वती पौडेल ढकाल, सियारी गाउँपालिकामा श्रीराम यादव, मायादेवी गाउँपालिकामा कपिलमुनी यादवले उम्मेद्वारी दर्ता गरेको जिल्ला सचिव अविराम विकले बताए ।

उनका अनुसार १६ वटै स्थानीय तहमा वडाध्यक्षसहित सदस्यको मनोनयन भएको छ । बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै कतै माओवादी र जसपासँग गठबन्धन गरेको उपसचिव सरिता श्रीसले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस