2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लौरो चिन्ह माग्दै प्रदर्शन गरिरहेका अटेरी अभियानका खड्का पोखराबाट पक्राउ

वैशाख १८, काठमाडौं | अटेरी अभियानका अभियन्ता अशोक खड्का पक्राउ परेका छन् । अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने मागसहित प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । शनिबार खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर आफूहरूलाई लौरो चिन्ह नदिएकोमा विरोध जनाएका थिए ।

प्रहरीले सोही आधारमा पक्राउ गरेको हो । पोखरामा सात जना मेयरका स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन कानुन अनुसार उम्मेदवार संख्या र चिन्हको पहिलो संख्याबाटै रोज्नुपर्ने प्रावधान छ । तर, खड्का लगायत मेयरका उम्मेदवारहरूले आठौँ नम्बरमा रहेको लौरो चिन्ह पाउनुपर्ने बताएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुन विपरीत चिन्ह दिन नमिल्ने बताएपछि उनीहरू आक्रोशित भएका हुन् । तर लामो गन्जागोलपछि निर्वाचन आयोगले नै पोखराको मतपत्र छाप्न बाँकी रहेकोले लौरो दिन सकिने बताएको थियो । त्यसपछि सहमति भएर फर्किएका टोलीका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनले निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने बताएका थिए । उनको भिडियो अहिले पनि फेसबुकमा छ । ‘स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या,’ उनले भनेका थिए, ‘हामीले लौरो चिन्ह पायौं भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ ।’

डीएसपी सुन्दर तिवारीले खड्का पक्राउ परेको पुष्टि गरे । ‘हिजोको अभिव्यक्तिले उहाँलाई पक्राउ गरेका हौं । उहाँले निर्वाचनमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । हुलहुज्जत गर्नुभएको छ,’ उनले भने, ‘निर्वाचनको शान्तिलाई खलल पुर्‍याएकोले पक्राउ गरेका हौं ।’ उनको पक्राउमा पोखराका अटेरी अभियान्ताहरूले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते