२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एउटै चौरमा गठबन्धन र एमालेको चुनावी सभा : अघिअघि गठबन्धन, पछिपछि एमाले

२०७९, २३ बैशाख शुक्रबार ०९:४८

वैशाख २३, पोखरा | सबैजसो राजनीतिक दलहरुको प्रमुख चासोमा महानगर छ । उनीहरूले जुनसुकै हालतमा महानगर गुमाउन चाहँदैनन् । अहिले चुनावी गतिविधि सबै पार्टीको तीव्र छ । पोखरा महानगर अझै अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ गठबन्धन भर्सेज एमाले छ ।

अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई १३ हजारभन्दा बढी मतले हराएको एमालेलाई अहिले तेस्राे दल नेकपा माओवादी केन्द्र र उही पार्टीबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनर्मोर्चाको मोर्चा कांग्रेसको नेतृत्वमा एकातिर छ ।

एमालेलाई राप्रपा नेपाल र नेपाल परिवार दलले सहयोग गर्ने बताएको छ । राप्रपा नेपालले मेयर र उपमेयरमा उम्मेद्वारी दिए पनि एमालेलाई सघाउने भन्दै फिर्ता लिइसकेको छ ।

आफ्ना उम्मेद्वारलाई जिताउन दुवै पक्षले पोखरामा चुनावी सभा आयोजना गर्दैछन् । १५ वैशाखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले गठबन्धनका उम्मेद्वारको पक्षमा भोट माग्नेछन् ।

कास्की कांग्रेसको आयोजनामा कार्यक्रम हुने भएकोले उक्त सभामा अरु पार्टीका नेताहरू को-को आउने भन्ने टुंगिएको छैन । अमरसिंह चौरमा हुने कार्यक्रमका लागि कांग्रेसले गठबन्धनका सबैलाई निम्तो गरेको छ ।

सोही मैदानमा भोलिपल्ट २६ वैशाखमा नेकपा एमालेको चुनावी सभा छ । अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो । अहिलेको प्रतिश्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी