2026-09-12 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिमका कारणले प्रधानमन्त्री भए, सबैभन्दा बढी बजेट सुदूरपश्चिममा नै छुट्याउँछु : देउवा

वैशाख २६, कैलाली | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो । यो ठाउँ मलाई अत्यन्तै महत्वपूर्ण छ,’उनी भन्छन्, ‘सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’

सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पुरा गर्ने विश्वास दिलाए । ‘तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाएँ । कर्णाली पारी पनि बेलुका हुनासाथ जान पाइँदैन थियो,’उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउँमा काम गरेको छु । बाँकी रहेका काम पनि पुरा गर्ने छु ।’घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस