२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता जुनमाया बुढाकाे शव रुकुम पठाइयाे, दोषीलाई कारबाही गर्न माग

२०७९, २८ बैशाख बुधबार ०६:१२

वैशाख २८, बुटवल | अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता डुथी बुढा भन्ने जुनमाया बुढाको शव बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरिएको छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिबकामा उनको हत्या भएपछि शव पोष्टमार्टमका लागि बुधबार बिहान बुटवल ल्याइएको थियो । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याएका थिए ।

एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले शव पोष्टमार्टम गरी आफन्तमार्फत दाहसंस्कारका लागि रुकुम पठाइएको जानकारी दिए । यही १९ वैशाखमा सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताको आक्रमणबाट करिब आधा दर्जन घाइते भएका थिए । सोही दिनदेखि जुनमाया बेपत्ता भएकी थिइन् । एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि माओवादीले आक्रमण गरी जुनमायालाई अपहरण गरेको र अपहरणपछि हत्या गरेको एमालेको आरोप छ ।

एमाले कार्यकर्ताले घरदैलो अभियान चलाइरहेका बेला माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । अपहरणपछि हत्या गरिएकी जुनमायाको शव मंगलबार घरदेखि करिब तीन किलोमिटरमाथि भेटिएको थियो ।

रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । माओवादी स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

शव पोष्टमार्टमका लागि बुटवल आएका मृतकका भाइ धनकुमार बुढाले माओवादी कार्यकर्ताले नै दिदीको हत्या गरेको भन्दै कारबाहीको माग गरे । दोषीलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरिरहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । शवको प्रकृति हेर्दा कानबाट रगत बगेको, शरीरभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको स्पष्ट भएको एमाले पोलिटब्यूरो सदस्य न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो