पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २९, कैलाली | प्रतिपक्षी दल नेकपा (एमाले)बाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । गएराति कांग्रेसका कार्यकर्ताले घरमै पसेर चौधरी र उनको परिवारमाथि खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट एमाले वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी, उनकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी घाइते भएका छन् ।

गएराति गोदावरी नगरपालिकाको–६ बडेहामा एमालेका वडाध्यक्षका उम्मेदवार चौधरीको घरमै पसेर उनीहरूले यस्तो घटना घटाएका हुन् । चौधरी र उनको परिवारले खाना खाएर बसिरहेको थाहा पाएपछि, कांग्रेसका कायकर्ताले खुकुरी प्रहार गरि आक्रमण गरेका थिए ।

इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले घटनाका दोषीहरूको खोजी भइरहेको बताए । यसका साथै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।