2026-09-12 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

वैशाख २९, बुटवल | गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै काँग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिता विपरित गतिविधि गरेको भन्दै आयोगमा  उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिता विपरित गतिविधि गरेको भन्दै मन्त्री खाण र काँग्रेस उम्मेदवार रामकृष्ण खाणमाथि कारवाहीको माग गरेका हुन् । 

गृहमन्त्री र उम्मेदवार खाण विरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा सहभागी भएको. भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस