2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकमा एक स्थानमा मतदान रोकियो, दुई स्थानमा झडप

वैशाख ३०, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँकाे मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको भगडा झडपमा परिणत भएको हो ।

घटना भएलगत्तै सेनाको टिम पुग्ने क्रममा रहेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद वाग्लेले बताए । मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका-२ यांग्री मतदान केन्द्रमा मतपत्रको विवाद कारण रोकिएको मतदान पुनः सुरु गरिएको छ । पाँचपोखरी थाङपालको यांग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि माहोल तनावग्रस्त बनाएको थियो ।

सो मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मीले चर्को झडप हुन रोकेपछि त्यहाँ अवस्था सामान्य बनेको छ ।

यस्तै मेलम्ची नगरको ज्यामिरेमा स्वास्थ्यचौकीको बुथमा स्थान साँघुरो हुँदा मतदाताबीच धकेलाधकेल भएको थियो । ज्यामिरेमा झडपको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेर्स्याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तर अवस्था सामान्य बनाउ मात्र हतियार तेर्साएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई