मतदानस्थलमा तोडफोड र मतदान अधिकृतमाथि आक्रमणपछि सप्तरीमा मतदान स्थगित, जेठ १ गते हुने

साझासवाल

वैशाख ३०, सप्तरी | सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नम्बर २ स्थित जनता मावि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ।मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएपछि आजका लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए। त्यहाँ जेठ १ गते चुनाव गराउने निर्णय भएको उनले बताए।

दिउँसो सवा ११ बजेतिर एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसँगै मतदानस्थलमा तोडफोड गरेको थियो।

ती समूहले मतपेटिका फोड्नुका साथै मतपत्र पनि छरपष्ट पारिदिएका थिए। घाइते भएका निर्वाचन अधिकृत यादवको अवस्था समान्य रहेको सप्तरीका एसपी आदिनारायण काफ्लेले जानकारी दिए।

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेपछि विवाद भएको थियो।

Leave a Comment

Leave a Reply