वैशाख ३०, भैरहवा | रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।

मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत भागमा जलेको छ ।

विस्फोटले घरमा समेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामा समेत परेको छ ।

Related News