दैलेखको महावु गाउँपालिका- १ एमालेको प्यानल नै विजय

साझासवाल
1 Min Read

वैशाख ३१, सुर्खेत | दैलेखका महावु गाउँपालिका वडा नम्बर १ मा एमालेका सर्वराज सार्की विजयी भएका छन् । उनले ६९२ मत ल्याएर विजयी भएका हुन ।

वडाध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन् ।

खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ७३०, कांग्रेसले ३५३ मत ल्याएको छ । उपाध्यक्षमा एमाले ७०४ र कांग्रेस ५७६ मत ल्याएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply