वैशाख ३१, सप्तरी | सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाउने क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।

शनिबार गाउँपालिका कार्यालयमा बसेको सबै दलका उम्मेदवार, प्रतिनिधि, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले जेठ २ गते बिहान ७ बजेदेखि उक्त ठाउँमा मतदान गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

यस्तै डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिरवा मतदान केन्द्रमा स्थगित भएको निर्वाचन पनि २ गते नै हुने भएको हो।

सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने
Leave a Comment