पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १, पोखरा | </b>कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ । कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ । माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ ।<br></p><p>मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ ।</p>

